एनएलजी इन्स्योरेन्सको संचालकमा पुनः राई चयन « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

एनएलजी इन्स्योरेन्सको संचालकमा पुनः राई चयन



काठमाडौं । एनएलजी इन्स्योरेन्सको संचालक समिति सदस्यमा मबहबादुर राई चयन भएका छन । गत कात्तिक २७ गते बसेको इन्स्योरेन्सको संचालक समिति बैठकले राईलाई बाँकी १५ महिनाको लागी राई चयन भएका हुन ।

पुर्व बैंकर राई यसअघिनै पनि एनएलजी इन्स्योरेन्सको संचालक रहेका थिए । सेञ्चुरी कमर्सियल बैंकको संचालक बन्न राजिनामा गरेका राई ७ महिनापछि पुन एनएलजी फर्किएका छन ।

राई अहिले सेयर बजारमा लागेका छन । सेयर बजारमा राम्रो लगानी गरिरहेका राई अघि स्टाडर्ड चाटर्ड बैंकको संचालकसमेत बनेका थिए । उनि सगरमाथा फाइनान्सको सीईओसमेत रहेका थिए । सगरमाथा फाइनान्स मर्ज पछि राई बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्