४ बर्षे कार्यकाल पुरा गरेर विदा भए चापागाइँ, बीमाको दायरा बढाए, कर्मचारी चिढ्याए « Arthapath.com
१३ पुष २०७७, सोमबार

४ बर्षे कार्यकाल पुरा गरेर विदा भए चापागाइँ, बीमाको दायरा बढाए, कर्मचारी चिढ्याए



काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको ४ वर्षे अध्यक्षको कार्यकाल पुरा गरेर चिरञ्जीवी चापागाईं बीदा भएका छन । सरकारले चापागाईलाईं ४ वर्ष अघि पुष १४ गतेको मन्त्रीपरिषद बैठकले नियुक्त गरेको थियो ।

सरकारले नियुक्त गरेको मिती कि हाजिर भएको मितीलाई आधार मान्ने भन्ने विवादले चापागाईले १ साता अघिदेखी विदा बस्न लागेका हुन । ४ वर्षअघि उनले नेतृत्व गर्दा बीमाको दायर ७ प्रतिसतबाट बढेर अहिले २७ प्रतिसत पुगेको छ । यसविचमा १० ओटा जीवन बीमा र ३ ओटा निर्जीवन बीमा कम्पनीले लाइसेन्स पाए ।

आफ्नै सहपाठी प्रा.डा. रविन्द्र घिमिरेलाई पछि पार्दै बीमा समितिको अध्यक्ष बनेका चापागाईंको कार्यकाल पनि विवादरहित बन्न सकेन । बीमा समितिमा कर्मचारीलाई काखा पाखा गरेको देखी कोरोना जस्तो महामारीको बीमा पोलिसी जारी गरेर बीमा क्षेत्रलाईनै धराशायी बनाएको आरोप उनिमाथी लाग्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशक रहेका चापागाईलाई सरकारले बीमा क्षेत्रको नियमन गर्ने जिम्मेवारी दिएको थियो । राष्ट्र बैंकको संस्थागत शुसाशनको कपी गर्दै चापागाईले बीमामा नयाँ निर्देशनहरु जारी नगरेका होइनन् ।

सत्तारुढ नेकपाका देखिएको विवादले पार्टी फुटसम्मको अवस्थामा पुगेपछि प्रचण्डपक्षीय चापागाईको पुन दोहोरिने आकांक्षामा ब्रेक लाग्यो । हाल केपी शर्मा ओली नेतृत्वको सरकार रहेको र अर्थमन्त्री विष्णु पौडेल रहेका कारण चापागाईको दोहोरिने संभावना बन्द भयो ।


प्रतिक्रिया दिनुहोस्