रिलायन्स लाइफको बिमा शुल्क ९२ प्रतिसत बढ्यो, नाफा ५ करोड ७९ लाख « Arthapath.com
३० माघ २०७७, शुक्रबार

रिलायन्स लाइफको बिमा शुल्क ९२ प्रतिसत बढ्यो, नाफा ५ करोड ७९ लाख



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो ले चालु आैिमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सर्वसाधारणलाई आईपिओ जारी गरी २ अर्व चुक्ता पुँजी पुर्याइसकेको रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा शुल्कमा व्यापक सुधार गरेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ९२.०६ प्रतिसतले बृद्धि गरेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ५७ करोड ७७ लाख मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत आवको सोही अवधीमा ४ करोड ६५ लाख नाफा कमाएको रिलायन्स लाइफले चालु आवमा भने ५ करोड ७९ लाख कमाएको छ । २ अर्ब १० करोड चुत्ता पु्ँजी रहेको कम्पनीको जिवन बीमा कोषमा १ अर्व ७९ करोड ९१ लाख रहेको छ । जगेडा कोषमा १९ करोड ८५ लाख राख्न सफल भएको छ । त्यस्तै महाविपत्ती कोषमा २ करोड २० लाख सञ्चित राख्न सफल भएको छ ।

रिलायन्स लाइफले ८ हजार ३९१ वटा बीमालेख जारी गरी १ अर्ब १५ करोड ३६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले हालसम्म ३९ वटा दाबीको १४ करोड ५३ लाख भुक्तानी गरिसकेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ११५.५२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्