सगरमाथा इन्स्योरेन्सको खुद नाफा ७०.५८ प्रतिशत बढ्यो, अन्य सूचकमा पनि चमक « Arthapath.com
३० माघ २०७७, शुक्रबार

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ७०.५८ प्रतिशत बढ्यो, अन्य सूचकमा पनि चमक



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा खुद बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा कम्पनीको खुद बीमा शुलक आर्जन २१.७७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिमा तुलनामा कम्पनीको नाफा ७०.५८ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड २५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४१ रहेको छ भने प्रतिशेयर नेटवथ २४५ रुपैयाँ ८७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्