६ महिनामा १९ जीवन बीमा कम्पनीले कमाए २ अर्व ३८ करोड, कोरोनाकोबीच युनियन लाइफ बाहेक सबैको नाफा बढ्यो « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

६ महिनामा १९ जीवन बीमा कम्पनीले कमाए २ अर्व ३८ करोड, कोरोनाकोबीच युनियन लाइफ बाहेक सबैको नाफा बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा जिवन बीमा कम्पनीको नाफा उल्लेख्य बृद्धि भएको छ । कोरोनाको विच संचालनमा रहेका १८ ओटा जीवन बिमा कम्पनीहरुको नाफामा व्यापक सुधार देखिएको छ । युनियन लाइफ इन्स्योरेन्सको मात्रै नाफा केही गिरावट आएको छ ।

१८ ओटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा उल्लेख्य नाफा बढाएका हुन । सबै कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरिसकेका छन । १८ जीवन कम्पनीहरुले दुई अर्ब ३८ करोड मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधीको तुलनामा ६८ करोड नाफा बढेको हो ।

कोरोनाको कहरकाविच जीवन बीमा कम्पनीहरुले ४० प्रतिसत नाफा बढाएका हुन । यसमध्ये हालै आइपिओ ल्याएको प्रभु लाइफले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउन सफल भएको छ । यस कम्पनीले पछिल्लो ६ महिनामा ८ करोड ८ लाख ४७ हजार मुनाफा कमाएको छ । प्रभुको सो नाफा १२५ प्रतिशतले बढाएको हो ।

त्यस्ततै घाटामा रहेने कम्पनीमा युनियन लाइन इन्स्योरेन्स रहेको छ । युनियन लाइफको नाफामा करिव १८ प्रतिशत गिरावट आएको छ । कम्पनीले ६ करोड ३५ लाख २५ हजार नाफामा खुम्चिएको छ ।


प्रतिक्रिया दिनुहोस्