३ महिना नपुग्दै बीमा समितिले गर्यो जनरल इन्स्योरेन्सको संचालक अग्रवालको निलम्बन फुकुवा « Arthapath.com
८ असार २०७८, मंगलवार

३ महिना नपुग्दै बीमा समितिले गर्यो जनरल इन्स्योरेन्सको संचालक अग्रवालको निलम्बन फुकुवा



काठमाडौं । गत चैत्र जनरल इन्स्योरेन्सको संचालक दिपेन्द्र अग्रवालको कारवाही फुकुवा भएको छ । अग्रवालले कम्पनीको लगानी समितिमा बसेर आफुले सस्तोमा किनेको सेयर आफै संचालक रहेको कम्पनीलाई भिडाएको आरोपमा बीमा समितिले कारवाही गरेको थियो ।

बीमा समितिले गत चैत्र २२ गते निरिक्षण गरी आग्रवालले बदमासी गरेको भन्दै संचालकबाट निलम्बन गरेको थियो । उनलाई २०७८ बैसाख ३ गते निलम्बन गरेको समितिले फेरी कारवाहीको कुनै पुष्टि नभएको भन्दै फुकुवा गरेको हो ।

अग्रवाल सेयर बजारका ठुला लगानीकर्ता भित्र पर्छन । गत २०७६ साउनमा जनरल इन्स्योरेन्सको संचालक बनेका अग्रवाल सोही कम्पनीको लगानी समितिको संयोजकसमेत हुन ।


प्रतिक्रिया दिनुहोस्