कृषकले ७५ प्रतिशत अनुदान पाउँदै आएकोमा घटेर ५० प्रतिशतमात्रै पाउने « Arthapath.com
४ श्रावण २०७८, सोमबार

कृषकले ७५ प्रतिशत अनुदान पाउँदै आएकोमा घटेर ५० प्रतिशतमात्रै पाउने



काठमाडौं । साउनदेखि कृषि तथा पशु बीमा गर्दा ५० प्रतिशत छुट पाइने भएको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत कृषि तथा पशु बीमा गर्दा सरकारले दिँदै आएको अनुदानमा २५ प्रतिशत कटौति गर्दै ५० प्रतिशतमा झार्ने बताएका थिए । यसअघि कृषकहरुलाई ७५ प्रतिशत अनुदान दिँदै आएको थियो ।

सरकारले घोषणा गरेकाले चालु आर्थिक बर्ष २०७८–०७९ को साउन १ गतेदेखि कृषकहरुले ५० प्रतिशतमात्रै अनुदान पाउने भएका छन् । तर बीमा समितिले कृषकलाई दिँदै आएको ७५ प्रतिशत अनुदान निरन्तर राख्न सरकारलाई सझाव दिएको भएपनि तत्कालिन सरकारले २५ प्रतिशत घटाएको हो ।


प्रतिक्रिया दिनुहोस्