जीवन बीमा कम्पनीले १ खर्ब २० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरे, कुन कम्पनीको कति ? « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

जीवन बीमा कम्पनीले १ खर्ब २० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरे, कुन कम्पनीको कति ?



काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिमा दर्ता भएका १९ वटा बीमा कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को असार मसान्तसम्म १ अर्ब २० करोड भन्दा बढी रकम बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिको तथ्याङ्क अनुसार गत आवको मसान्तसम्म प्रथम बीमाशुल्कबाट ४१ अर्ब रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ७८ अर्ब ३५ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्कबाट ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

१९ वटा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब ८४ करोड रुपैयाँ, नेशनल लाइफले १२ अर्ब १६ करोड रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब १४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, मेट लाइफले ५ अर्ब २ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ९२ करोड रुपैयाँ, सूर्या लाइफले ४ अर्ब २६ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ६८ करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७९ करोड रुपैयाँ, यूनियन लाइफले ६ अर्ब ७७ करोड रुपैयाँ, ज्योति लाइफले ३ अर्ब १० करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब २२ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्