निर्जिवन बीमा कम्पनीको व्यापार ३१ अर्व ७० करोड, कसको कति प्रिमियम ? « Arthapath.com
६ श्रावण २०७८, बुधबार

निर्जिवन बीमा कम्पनीको व्यापार ३१ अर्व ७० करोड, कसको कति प्रिमियम ?



काठमाडौं । कोरोना महामारीकै बीच निर्जिवन बीमा कम्पनीहरुको व्यापार १५ प्रतिसतभन्दा बढीले बृद्धि भएको छ । २० ओटा निर्जिवन बीमा कम्पनीहरुले २७ लाख ३१ हजार ७ सय ७३ बीमा पोलिसि जारी गरी ३१ अर्व ७० करोड प्रिमियम संकलन गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले गत आवमा ३ अर्व ९७ करोड प्रिमियम संकलन गर्न सफल भएको छ । उसले २ लाख ७१ हजार बिमा पोलिसि जारी गरेको छ ।

त्यसैगरी दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले २ अर्व ६५ करोड प्रिमियिम संकलन गरेको छ । उसले २ लाख ३७ हजार ३ सय ४२ बीमालेख जारी गरेको हो । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३ लाख २ हजार ७ सय १२ बीमालेख जारी गरी २ अर्व ४१ करोड प्रिमियम संकलन गर्न सफल भएको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्व २७ करोड प्रिमियम संकलन गर्न सफल भएको छ । द ओरण्टल इन्स्यो्रेन्सले १ अर्व १६ करोड प्रिमियम संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ८७ करोडको मात्रै प्रिमियम संकलन गरेको छ ।

कोरोना महामारीका कारण गत आवमा झण्डै साँडे २ महिना सवारीसाधन ठप्प भए । यस्तो अवस्थामा निर्जिवन बीमाको व्यापार १५ देखी २० प्रतिसतले व्यापार बढेको छ । उत्त बीमा शुल्क थर्डपार्टी बीमा र ऐच्छिक बीमासमेत जोडेर कुल ३१ अर्व ७० करोड बीमा शुल्क पुगेको हो । रियल बीमा शुल्क भने ३० अर्व हाराहारी पुग्ने एक सीईओले बताए ।

Monthly-Report-Non-life-2077.78


प्रतिक्रिया दिनुहोस्