सूर्या लाइफको नाफा २३ प्रतिशत बढ्यो, जीवन बीमा कोष १०.६६ अर्ब रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २३.०१ प्रतिशत बढेर ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा २६ करोड २७ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ४६.९७ प्रतिशत बढेर ४ अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन २ अर्ब ८४ करोड ५५ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत बर्षको असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५ प्रतिशत बढेर २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ र जगेडा कोष २५.२५ प्रतिशत बढेर ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४३.५४ प्रतिशत बढेर १० अर्ब ६६ करोड १० लाख २३ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड ७४ लाख २२ हजार रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोष ३३.७८ प्रतिशत बढेर १४ १४ करोड ६२ लाख १८ हजार रुपैयाँ छ ।
कम्पनीको गत असार मसान्तसम्म जीवन बीमा धितो बापतको कर्जा लगानी ५५.१८ प्रतिशत बढेर १ अर्ब १६ करोड ३० लाख ८६ हजार रुपैयाँबाट १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा बढेर १४ रुपैयाँ २९ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३६.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।


















