देउवा सरकारलाई झट्का, ओली सरकारले नियुक्त गरेका राष्ट्रिय बीमा संस्थानका श्रेष्ठको जागिर सर्वोच्चले जोगायो « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

देउवा सरकारलाई झट्का, ओली सरकारले नियुक्त गरेका राष्ट्रिय बीमा संस्थानका श्रेष्ठको जागिर सर्वोच्चले जोगायो



काठमाडौं । शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका विभिन्न ब्यक्तिलाई धमाधम बर्खास्त गर्नतिर लागे । प्रधानमन्त्री देउवाले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई बर्खास्त गरे । त्यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र देब शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरे । त्यस्तै, देउवा सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरे । पूर्वप्रधानमन्त्री ओलीले विभिन्न संस्थामा गरेका नियुक्तलाई प्रधानमन्त्री देउवाले धमाधम बर्खास्त गर्न थाले । 

तर प्रधानमन्त्री देउवालाई पहिलो गासमा नै ढुंगा भएको छ । यसअघि ओली सरकारले नियुक्त गरेका राष्ट्रिय बीमा संस्थानमा कार्यरत सहायक प्रशासक श्रेष्ठलाई बर्खास्त गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउन अन्तरिम आदेश दिएपछि देउवा सरकारलाई पहिलो गासमा ढुंगा सरह भएको हो । 

त्यस्तै, देउवा सरकारले राष्ट्रिय बीमा संस्थानमा कार्यरत सहायक प्रशासक श्रेष्ठलाई समेत बर्खास्त गरेको थियो । तर आफ्नो बर्खास्तीलाई उल्ट्याई दिन माग गर्दै सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सहायक प्रशासक श्रेष्ठको खर्बास्तीलाई कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले रिटको सुनुवाइ गर्दै अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको असोज १९ गतेको पत्रलाई यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु र निजले पाउने तलब भत्ता सुविधा दिनु दिलाउनु भन्दै अन्तरिम आदेश दिएको छ । श्रेष्ठले आफुलाई मन्त्रालयले पद मुक्त गरेपछि अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

श्रेष्ठलाई अर्थमन्त्रालयले मन्त्रिस्तरको बैठकबाट असार २१ गते राष्ट्रिय बीमा संस्थान ऐन २०२५ को दाफा ६ (२) बमोजिम ३ वर्षको लागि नियुक्ति गरेको थियो 


प्रतिक्रिया दिनुहोस्