जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, खुद बीमा शुल्क १२.७५ प्रतिशत बृद्धि « Arthapath.com
२४ माघ २०७८, सोमबार

जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, खुद बीमा शुल्क १२.७५ प्रतिशत बृद्धि



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.२० प्रतिशत बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालुस आर्थिक बर्षको ६ महिनमा कम्पनीको खुद बीमा शुल्क १२.७५ प्रतिशत बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११७.१६ प्रतिशत बढेर ५ करोड ९९ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख १२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ९६.७९ प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ ५७ हजार रुपैयाँ, बीमा कोष ९९.४७ प्रतिशत बढेर १४ करोड ९२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क ३३ प्रतिशत बढेर ४६ करोड ५७ लाख ४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २८ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.१५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्