जेठसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क १.१९ खर्ब रुपैयाँ, बीमा संस्थानलाई पच्छ्याउँदै यूनियन लाइफ « Arthapath.com
१४ असार २०७९, मंगलवार

जेठसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क १.१९ खर्ब रुपैयाँ, बीमा संस्थानलाई पच्छ्याउँदै यूनियन लाइफ



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब भनदा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार १९ वटा जीवन बीमा कम्पनी १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यो अघिल्लो महिनाको तुलनामा जेठ महिना अर्थात् जेठ महिनामा मात्रै ९ अर्ब ७ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यसअघि बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीले १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आर्थिक बर्षको ११ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३० अर्ब ६७ करोड ९० लाख २ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा एलआइसी नेपालले १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ, चौथोमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ, पाँचौमा यूनियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यस्तै, एशियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ७८ करोड २६ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ४५ करोड २३ लाख रुपैयाँ, सूर्या लाइफले ४ अर्ब २५ करोड ३४ लाख रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ, ज्योति लाइफले ३ अर्ब २१ करोड ९४ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ, गुराँस लाइफले २ अर्ब ७३ करोड २७ लाख रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३ करोड ८० लाख रुपैयाँ, प्रभु लाइफले १ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्