गुराँस लाइफको मुनाफा ४४% ले बढ्यो, जीवन बीमा कोष १२ अर्ब माथि हुदाँ प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१ भाद्र २०७९, बुधबार

गुराँस लाइफको मुनाफा ४४% ले बढ्यो, जीवन बीमा कोष १२ अर्ब माथि हुदाँ प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ४४.२७ प्रतिशतले बढेर १७ करोड ५१ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १२ करोड १३ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ५ करोड ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको उक्त आर्जन १६.१३ प्रतिशतले थोरै हो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष १७.५२ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड २४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ९.०९ प्रतिशतले बढेर ५८ करोड ७४ लाख २० हजार रुपैयाँ, महाविपत्ती कोष ३०.४३ प्रतिशतले बढेर ७ करोड ५० लाख ५५ हजार रुपैयाँ, खुद दाबी भुक्तानी १४५.७२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८५ लाख १५ हजार रुपैयाँ, ब्यवस्थापन खर्च २९.५६ प्रतिशतले घटेर ३५ करोड ६० लाख २८ हजार रुपैयाँ, अभिकर्ता कमिसन ३१.०५ प्रतिशतले घटेर ३६ करोड ८३ लाख ८४ हजार रुपैयाँ, चुक्तापूँजी ५.५० प्रतिशतले बढेर २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्