राष्ट्रिय बीमा संस्थानको मुनाफा ७ करोड माथि, खुद दाबी भुक्तानी २३ प्रतिशतले बढ्यो « Arthapath.com
१ भाद्र २०७९, बुधबार

राष्ट्रिय बीमा संस्थानको मुनाफा ७ करोड माथि, खुद दाबी भुक्तानी २३ प्रतिशतले बढ्यो



काठमाडौं । राष्ट्रिय बिमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २७.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १०.६९ प्रतिशतले बढेर ८ अर्ब ३९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यसले ७ करोड ५८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको थियो । उक्त भुक्तानी अघिल्लो आर्थिक वर्ष भन्दा २२.९९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको जीवन बिमा कोष १३.६१ प्रतिशतले बढेर ३७ अर्ब ४१ करोड रुपैयाँ, चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ, रिजर्भ कोष २०.९७ प्रतिशतले बढेर ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्