खुद बीमा शुल्क: पुच्छरमा एशियन- प्रतिप्रर्धामा नेपाल र नेशनल लाईफ, चार बीमा कम्पनीमा को कति बलियो ? « Arthapath.com
१ भाद्र २०७९, बुधबार

खुद बीमा शुल्क: पुच्छरमा एशियन- प्रतिप्रर्धामा नेपाल र नेशनल लाईफ, चार बीमा कम्पनीमा को कति बलियो ?



काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी सकेका छन् । ती मध्य नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनी र एशियन लाइफ इन्स्योरेन्सको यस्तो छ अबस्था
खुद नाफा नंबर १ मा नेशनल लाइफ
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा सबै भन्दा बढी खुद नाफा गर्ने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले सो अवधिमा ४० करोड ८८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने उसलाई नेपाल लाइफ इन्स्योरेन्सले पछ्याउदै छ । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ रहेको छ । नेशनल लाइफ भन्दा नेपाल लाइफको नाफा करिब ५ करोडको अन्तर रहेको छ । नेपाल लाइफ अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा खुद नोक्सानमा रहेको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स १६ करोड ९४ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानमा रहेको छ भने एलआइसी नेपाल ८ करोड ७४ लाख ७९ हजार खुद नोक्सानमा रहेको छ ।

जगेडा कोषमा अगाडी नेशनल लाइफ नै
जगेडा कोषमा समेत नेशनल लाइफ इन्स्योरेन्सले अग्रता कायम गरेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ६६ करोड ७१ लाख ७४ हजार रुपैयाँ रहेको छ । दोस्रो नम्बरमा एलआईसी नेपाल रहेको छ । नेपालको जगेडा कोष ६१ करोड ५५ लाख १८ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफको भने जगेडा कोष २८ करोड ८३ लाख ७० हजार रुपैयाँ रहेको छ भने एशियन लाइफ इन्स्योरन्सको ५८ करोड ३६ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

खुद बीमा शुल्कमा नेपाल लाइफ नंबर १
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा सबै भन्दा बढी खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको खुद बीमा शुल्क ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ रहेको छ । दोस्रो नम्बरमा एलआइसी नेपालको खुद बीमा शुल्क १८ अर्ब १३ करोड ९८ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, तेस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको खुद बीमा शुल्क १४ अर्ब २८ करोड ३५ लाख ८४ हजार रुपैयाँ रहेको छ । साथै सबै भन्दा कम खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड १३ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

जीवन बीमा कोष
आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा सबै भन्दा बढी जीवन बीमा कोष आर्जन गर्नेमा नेपाल लाइफको सफलता कायमै रहेको छ । कम्पनीको जीवन बीमा कोष १ खर्ब ३६ अर्ब ७९ करोड ६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा एलआईसी नेपाल ९३ अर्ब ६३ करोड ६ लाख ५३ हजार रुपैयाँ, तेसा्रे नम्बरमा ५१ अर्ब १५ करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ भने पुछरमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको जीवन बीमा कोष ३२ अर्ब ९ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी

जीवन बीमा कम्पनीको सबै भन्दा बलियो कम्पनीको रुपमा चिनिर्दै आएको नेपाल लाइफले चुक्तापूँजीमा आफ्नो अग्रता कायमै राखेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अर्ब पुराउन निर्दशन दिएसँगै हाल कयौ कम्पनी मर्जर सम्झौता गरेका छन् तर नेपाल लाइफ एक्लैको चुक्तापूँजी ८ अर्ब भन्दाम माथि रहेको छ । कतिका भने ३ जीवन बीमा कम्पनी मर्जर जादा समेत चुक्तापूँजी ५ अर्ब पुराउन सकेका छैनन् ।

नेपाल लाइफको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको भने दोस्रो नम्बरमा रहेको नेशनल लाइफको ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानीमा अग्र स्थानमा नेशनल लाइफ
प्रतिशेयर आम्दानीमा नेशनल लाइफ बाहेक सबै कम्पनी ओरालो लागेका छन् । यस अविधिमा सबै भन्दा बढी नेशनल लाइफको १० रुपैयाँ १३ पैसा रहेको छ भने एशियन लाइफको ६ रुपैयाँ ६७ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफको ४ रुपैयाँ ३० पैसा र एलआइसी नेपालको ३.३० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्