सिद्धार्थ इन्स्योरेन्सको प्राविधिक सहकार्यमा बीमा अभिमुखिकरण

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिको प्राविधिक सहकार्यमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघको सभा हलका सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जिबन बीमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।