नेपालको जिडिपिमा बीमाशुल्कको अनुपात ३.६३ पुग्ने अनुमान

काठमाडौं । गत आर्थिक बर्षमा भएको बीमा व्यवसायका अनुसारका नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमाशुल्कको अनुपात वृद्धि भै ३.६३ पुग्ने अनुमान गरिएको छ ।
बीमा समितिका अनुसार अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा भने कुल ग्राहस्थ उत्पादनमा बीमाशुल्कको योगदान ३.५५ प्रति अनुपात रहेको थियो । यस अघि लामो समयसम्म कुल ग्राहस्थ उत्पादनमा बीमाको अनुपात १ प्रतिशतको हाराहारीमा थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिडको कारण विश्व अर्थतन्त्र नै ३.६ प्रतिशतले ऋणात्मक देखिएको थियो । त्यस्तै, प्रतिष्ठित कम्पनी स्वीस रि द्धारा सन् २०२१ म प्रकाशित सिग्मा प्रतिवेदनका अनुसार सन् २०२० मा विश्व बीमा बजारमा ६२ खर्ब ८७ खर्ब अमेरिक डलर बराबरको बीमाशुल्क संकलन भएको देखिन्छ ।
विश्वको कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको अनुपात ७.४ प्रतिशत रहेको देखिन्छ । सन् २०१९ को तुलनामा सन् २०२० मा बीमाशुल्क संकलन लगभग १.३ प्रतिशतले संकुचित भएको देखिन्छ भने सन् २०२१ विश्व बीमा बजारमा बीमाशुल्क संकलन ३.३ प्रतिशतले र २०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
विश्व जीवन बीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा बीमाशुल्क आर्जन ४.४ प्रतिशतले घट्न गई २७ खर्ब ९७ अर्ब अमेरिकी डलर बीमाशुल्क आर्जन भएको देखिन्छ भने विश्वको निर्जीवन बीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा सकरात्मक रुपमा वृद्धि हुँदै गउको देखिन्छ ।
सन् २०२० मा विश्व निर्जीवन बीमा बजार १.५ प्रतिशतले वृद्धि भई ३४ खर्ब ९० अर्ब अमेरिकी डलर बीमा शुल्क संकलन भएको देखिन्छ । सन् २०२० मा पनि विश्व बीमा बजारमा पश्चिमी राष्ट्रहरुको बर्चश्व कायमै रहेको देखिन्छ ।
सन् २०२० मा विश्व बीमा बजारमा अंशका आधारमा हेर्ने हो भने सबैभन्दा बढी बीमा बजारको अंह संयुक्त राज्य अमेरिकाको देखिन्छ । जसले विश्व बीमाशुल्क आर्जनमा ४०.३ प्रतिशतले अर्थात् २५ खर्ब ३१ अर्ब अमेरिकी डलरको योगदान गरेको छ भने दोस्रो स्थानमा चीनले १०.४ प्रतिशतले अर्थात् ६ खर्ब ५६ अर्ब अमेरिकी डलर योगदान गरेको देखिन्छ ।