एशियन लाइफको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थाको सेयर बिक्रीमा रहेको छ । कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । कम्पनीको सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि आजैका मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवि, काठमाडौंमा निवेदन पेश गर्नुपर्नछ ।
तोकिएको उक्त अवधिमा सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।