एशियन लाइफले डाक्यो साधारण सभा : लाभांश पारित गर्ने मुख्य एजेण्डा, बुक क्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा असोज १३ गते हुने भएको हो ।
सभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
कम्पनीको सभामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
यसका सभामा साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरु पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।