सुदुरपश्चिममा पुग्यो बीमा समिति, अब दावी भुक्तानीको गुनासो कम आउँछ : अर्थमन्त्री शर्मा « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

सुदुरपश्चिममा पुग्यो बीमा समिति, अब दावी भुक्तानीको गुनासो कम आउँछ : अर्थमन्त्री शर्मा



काठमाडौं । बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उदघाट्न भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले शो शाखाको कार्यालय उदघाटन गरेका हुन्।

उदघाटनपछि मन्त्री शर्माले सुदुरपश्चिममा बीमाको पहुँच वृद्धि हुने बताएका छन् । बीमाको न्युन उपस्थिति रहेको सो क्षेत्रमा अब बीमा समितिको सक्रियता बढ्ने र पहुँचमा वृद्धि हुने उनको भनाइ छ ।

सुदुरपश्चिमबाट दावी भुक्तानीमा पनि धेरै गुनासा आउने गरेको छ मन्त्री शर्माले भने,–“बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ । ”

बीमा समितिको शाखा कार्यालय स्थापनापछि यस क्षेत्रको बीमा रोजगारमा पनि वृद्धि आउनुका साथै बीमा पहुँच र वित्तीय साक्षरता विस्तार हुने गरिबी न्युनीकरणमा पनि टेवा पुग्ने उनको भनाई छ ।

शाखा कार्यालय उदघाटनका लागि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक सुशील सुवेदी लगायतको उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्