एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिदै पन्त « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिदै पन्त



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) सुनिल बल्लभ पन्त दोहोरीने भएका छन् ।कम्पनीको संचालक समितिको बैठकले पन्तलाई सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।

यस अघि नै संचालक समितिले बीमा समितिमा स्वीकृतका लागि निवेदन दिएकोमा आज समितिले पन्त दोस्रो कार्यकालका लागि स्वीकृती दिएको हो । उनको दोस्रो कार्यकाल विजय दशमी अर्थात असोज १९ गतेबाट लागू हुने छ ।


प्रतिक्रिया दिनुहोस्