सानिमा र जनरल इन्स्योरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार सुरु हुँदै « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सानिमा र जनरल इन्स्योरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार सुरु हुँदै



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै एक भएपछि अब सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । हाल सानिमाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जनरलको पनि १ अर्ब रुपैयाँ नै चुक्ता पुँजी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्