नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्तको लाभांश पुष २८ गतेसम्मका शेयरधनीले पाउने « Arthapath.com
२ माघ २०७९, सोमबार

नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्तको लाभांश पुष २८ गतेसम्मका शेयरधनीले पाउने



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्थाले लिमिटेडले पुष २८ गतेसम्म कायम शेयरधनीहरुलाई लाभांश दिने भएको छ । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारणसोमबार (माघ २ गते) शोक बिदा दिने निर्णय गरेको हुदाँ शेयर कारोबार पनि बन्द रहेको छ । यसअघि आइतबार (माघ १ गते) माघेसक्रान्ति पर्व परेकोले त्यस दिन पनि सार्वजनिक बिदा थियो । सो कारण पुष २८ गते कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

नेको इन्स्योरेन्स गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो २७औं वार्षिक साधारण सभा माघ १५ गतेका लागि बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा विहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

साथै, सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने छ ।

आँधिखोला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १।५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको छ । सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्