नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन « Arthapath.com
२ माघ २०७९, सोमबार

नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार दूई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्सुरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

आँधिखोला लघुवित्तको नेप्सेले ३० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य१ हजार ३६५ रुपैयाँ ७७ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य १ हजार ७७५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै नेको इन्सुरेन्स कम्पनीको नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ७७८ रुपैयाँ ४३ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ८९५ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि माघ ३ बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्