लाभांश पारित गर्दै नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न « Arthapath.com
१५ माघ २०७९, आईतवार

लाभांश पारित गर्दै नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । देशको बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पु¥याउदै आएकोे नेको इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.ब. २०७८÷०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै सेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । साधारण सभामा शेयरधनीहरुले आप्ना जिज्ञाशा, सुझाव तथा मन्तब्य राखे ।

कम्पनीका संचालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा संचालित उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तब्य राखे ।

सभाले आ.ब. २०७९।०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । शेयरधनीहरुले राख्नु भएको जिज्ञासाको अध्यक्ष श्री रोहित कुमार भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जवाफ दिए ।


प्रतिक्रिया दिनुहोस्