नेपाल, आइएमई र प्रुडेन्सियल इन्स्याेरेन्सबीच स्वापमा जुटेन सहमति, प्राधिकरणले दियो एक हप्ते अल्टिमेटम « Arthapath.com
१८ माघ २०७९, बुधबार

नेपाल, आइएमई र प्रुडेन्सियल इन्स्याेरेन्सबीच स्वापमा जुटेन सहमति, प्राधिकरणले दियो एक हप्ते अल्टिमेटम



काठमाडौं । नेपाल इन्स्योरेन्स, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स बीच मर्जरमा जानका स्वाप रेसियोमा कुरा मिल्न सकेको छैन ।

मर्जरका लागि नेपाल बीमा प्राधिकरणले क्रम होल्डिङ्ग भएका यी तीनै वटा कम्पनीहरुलाई बोलाएर गरिएको छलफलमा स्वाप रेसियोमा सहमति जुट्न नसकेको हो ।

बुधवार लामो समयसम्म भएको छलफलमा स्वाप रेसियोमा कम्पनीहरुले सहमति जुटाउन नसकेपछि प्राधिकरणले एक हप्ताको समय दिएको स्रोतले बतायो । स्रोतका अनुसार प्राधिकरणसंगको संयुक्त बैठकमा यी तीन बीमा कम्पनीहरुलाई अर्को सातासम्म निष्कर्श निकालेर मर्जरका कुरा मिलाउन समय दिइएको छ ।

यी तीनै वटा कम्पनीमा केही संचालकहरु एउटै व्यवसायिक घरानाका समेत रहेका छन् । तीन नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुपको ठुलो लगानी रहेको छ भने नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा विशाल ग्रुपको ठुलो लगानी रहेको छ ।

बीमा प्राधिकरणले चैत मसान्तभित्र क्रस होल्डिङ हटाउन र मर्जरको प्रस्ताव अघि बढाउन सुझाव दिएको थियो । नियामक निकायले पटक पटक मर्जरमा जान लिखित तथा मौखिक रुपमा निर्देशन दिँदा समेत यी तीनै वटा अटेर गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्