नेपाल इन्स्योरेन्सको सञ्चालक पदमा जोगाई र पौडेल नियुक्त « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

नेपाल इन्स्योरेन्सको सञ्चालक पदमा जोगाई र पौडेल नियुक्त



काठमाडौं । नेपाल इन्स्योरेन्स  लिमिटेडको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले सञ्चालक पदबाट राजिनामा दिएकोमा रिक्त रहेको सो पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।

दुवै सञ्चालकलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्