यस्तो छ सिटिजन लाइफको नयाँ बोनस दर, कुनमा कति ? « Arthapath.com
५ चैत्र २०७९, आईतवार

यस्तो छ सिटिजन लाइफको नयाँ बोनस दर, कुनमा कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर प्रकाशन गरेको हो । कम्पनीको बोनस दर प्राधिकरणले फागुन २९ गते स्वीकृत गरेको हो ।

कम्पनीबाट मुनाफामा सरिक हुने(बोनस आर्जन गनर्गे ) जारि जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा उक्त आर्थिक वर्षका लागि प्रति वर्ष, प्रतिहजार बीमाङ्क रकम बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । नयाँ बोनस दर अनुसार कम्पनीले २५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

सो बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यू दावी, पूर्ण वा आंशिक अवधिमा भुक्तानी दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी र चालु बीमालेख लागू हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्मका लागि सोही बोनस दर कायम रहने जनाएको छ ।

कुनमा कति ?


प्रतिक्रिया दिनुहोस्