महालक्ष्मी लाइफ इन्स्यारेन्सले माग्यो ठूलो संख्या कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
५ चैत्र २०७९, आईतवार

महालक्ष्मी लाइफ इन्स्यारेन्सले माग्यो ठूलो संख्या कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजरियल ट्रेनी (मार्केटिङ)का लागि सातै प्रदेशबाट कर्मचारी मागेको हो ।

कम्पनी काठमाडौं उपत्यकाकासहित ३८ वटा शाखा कार्यालयहरुमा नयाँ कर्मचारी नियुक्त गर्ने बताएको छ । काठमाडौंको सामाखुसी, किर्तिपुर, गोल्फुटार भक्तपुरदेखि तराईका विभिन्न जिल्लाहरुमा रहेका शाखा कार्यालयहरुमा समेत नयाँ कर्मचारी भर्ना गर्ने भएको छ ।

पूर्वको झापा दकम, इटहरी, विराटनगर, दुहवी, इनरुवादेखि सदुरपश्चिममको धनगढी, महेन्द्रनगर, डडेलधुरासम्मका विभिन्न ३८ शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी बजारीकरण सम्बन्धी एक वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १२ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्