आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा जाने, मर्जपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने « Arthapath.com
५ चैत्र २०७९, आईतवार

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा जाने, मर्जपछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी विच मर्जर हुने भएको छ । दुई कम्पनीले आज आइतबार एक कार्यक्रमसहित मर्जरसंबन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जर संबन्धी सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले एक समारोहविच हस्ताक्षर गरे ।

दुई कम्पनीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालसहति उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थितीमा हस्ताक्षर गरेका हुन् ।

बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने÷गाभिने (मर्जर)े सहमति सहित अन्तिम सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती र डिडिएको आधारमा शेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिनु भयो । साथै, सिलवालले दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जर पछि यो कम्पनी उत्कृष्ठ बीमा कम्पनी हुने बताए ।

बर्जरपछि पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि अग्रणी बीमा कम्पनी बन्ने छ । मर्जरपछि ८२ वटा शाखा मार्फत सेवा दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्