मर्जर प्रस्ताव पारितका लागि आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले एकैदिन डाके विशेष साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

मर्जर प्रस्ताव पारितका लागि आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले एकैदिन डाके विशेष साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स विशेष साधारण सभा डाकेका छन् ।

यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारितका लागि आगामी चैत २२ गते छुट्टा छुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले लैनचौर बैंक्वेट काठमाडौं र प्रुडेन्सियल इन्स्योरेन्सले होटल इच्छा,सिमरा बारामा सभा आयोजना गरेका छन् । सभा सो दिन बिहान ११ बजे हुनेछ ।

दुवै कम्पनीको सभामा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्वन्धी संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल परि पारित हुनेछ । यसका साथै मर्जर पश्चात निर्जीवन बीमा गर्ने कम्पनीको नाम आइजीई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कायम गर्ने र नयाँ कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली, मू.अ.क दर्ता प्रमाणपत्र नम्बर, बीमकको इजाजतपत्र नम्बर समेत साविक आइएमई जनरल इन्स्योरेन्सको कायम रहने प्रस्ताव पनि पारित गर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि चैत १३ गते र प्रुडेन्सियलले चैत १७ गते बुक क्लोज गर्ने भएका छन् ।

यी दुवै कम्पनीबचीच आइतबार एक कार्यक्रमसहित मर्जरसंबन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मर्जर संबन्धी सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले एक समारोहविच हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । डडिएको आधारमा शेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

मर्जरपछि पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि अग्रणी बीमा कम्पनी बन्ने छ । मर्जरपछि ८२ वटा शाखा मार्फत सेवा दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्