सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, सेयरधनीलाई ५ प्रतिशत नगद दिने « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, सेयरधनीलाई ५ प्रतिशत नगद दिने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार साँझ बजेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभाश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्