नेपाली बीमा बजार: व्यवसायमा नेपाल लाइफ र शिखरको वर्चश्व, मर्जपछि बनेका कम्पनीहरुको व्यापार कस्तो ? « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

नेपाली बीमा बजार: व्यवसायमा नेपाल लाइफ र शिखरको वर्चश्व, मर्जपछि बनेका कम्पनीहरुको व्यापार कस्तो ?



काठमाडौं । ठुला बीमा कम्पनीहरुको व्यापार तीन अर्बले बढेको छ । आर्थिक शिथिलता कायम रहेता पनि हाल संचालनामा रहेका ठुला जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको व्यापार भने वृद्धि भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २८ वटा बीमा कम्पनीहरुले कुल १ खर्ब ९ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने २ अर्ब ९३ करोड १५ लाख रुपैयाँ अर्थात् २.७५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुले १ खर्ब ६ करोड ४५ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन् गरेका थिए ।

समिक्षा अवधिमा उल्लेख्य रुपमा व्यासाय नबढेता पनि सकरात्मक मान्नुपर्ने प्राधिकरणले जनाएको छ । आर्थिक संकटकै कारण व्यवासायमा उत्साहजनक रुपमा बढ्न नसकेको हो, आर्थिक शिथिलताले नै बीमा व्यवसाय पनि प्रभावित भनेको बताइन्छ ।
चालु आवको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवासयमा सामान्य गिरावट आएको छ । तर, जीवन बीमा व्यापार भने ४.२४ प्रतिशत वृद्धि भएको छ।

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल १७ लाख २ हजार ९८७ वटा बीमालेख बिक्री गरि २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत वर्षको ७ महिनामा भने कम्पनीहरुले १६ लाख ३६ हजार २८४ वटा बीमालेख बिक्री २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यता, जीवन बीमा व्यापार भने गत वर्षको माघ महिनाको तुलनामा ३ अर्ब ५३ करोड १६ लाख रुपैयाँ वृद्धि भएको छ । गत वर्षको माघसम्ममा कम्पनीहरुले ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, यो वर्षको सोही अवधिमा भने बढेर ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् । समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय मार्फत १६ अर्ब १५ करोड २९ लाख र नविकरण मार्फत ७० अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा व्यवसायमा नेपाल लाइफ र शिखर इन्स्योरेन्सकै वर्चश्व

ठुला बीमा कम्पनीहरुको व्यापारमा जीवन बीमा तर्फ नेपाल लाइफ र निर्जीवन बीमा तर्फ शिखर इन्स्योरेन्सको वर्चश्व कायमै रहेको छ । यी दुवै कम्पनीहरुले सबैभन्दा व्यापार गर्ने गरेका छन् । मर्जपछि बनेका बनेका कम्पनीहरुलाइ पनि नेपाल लाइफ र शिखरले उछिनेका छन् ।

जीवन बीमा तफै नेपाल लाइफले नै सर्वाधिक व्यवसाय भित्राएको छ । समिक्षा अवधिमा कम्पनीले २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले सात महिनामा १२ लाख ६२ हजार ६६१ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । नेपाल लाइफ बाहेक एलआइसी नेपाल, नेशनल लाइफ र हिमालयन लाइफ पनि व्यापारमा तगडा नै देखिएका छन् । समिक्षा अवधिमा यी तीनै वटा कम्पनीले क्रमश: १० अर्ब १४ करोड ६९ लाख, नेशनल लाइफले १० अर्ब ५ करोड २७ लाख र ९ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । तर, जीवन बीमा तर्फ व्यवसाय वृद्धिदरमा भने प्रभु महालक्ष्मी लाइफ अगाडि देखिएको छ । कम्पनीको व्यापार १२.४६ प्रतिशत वृद्धि भएको छ ।

यता, निर्जीवन बीमा व्यापारमा शिखर इन्स्योरेन्सकै अग्रता कायम छ । कम्पनीले मर्जर बिना नै कम्पनीले सर्वाधिक व्यापार गर्न सफल भएको छ । मर्ज भएका बलिया मानिने कम्पनीहरुलाई पनि शिखरले उछिनेको हो । चालु आवको ७ महिनामा शिखरले २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले १ लाख ७८ हजार ९१२ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । यस्तै, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर पनि धेरै व्यापार गर्नेको शीर्ष सूचीमा छन् । यी दुवै कम्पनीले ७ महिनामा क्रमश: २ अर्ब ६७ करोड २१ लाख, २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ महिनासम्मको तथ्याङ्कको आधारमा व्यवसाय वृद्धिदर नेशनल, प्रभु, दि ओरिण्टल, हिमालय एभरेष्ट, सानिमा जिआईसी अगाडी देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्