दोहोरो अंकले बढ्यो सन नेपाल लाइफको नाफा, जीवन बीमा कोषका आकार ७ अर्ब « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

दोहोरो अंकले बढ्यो सन नेपाल लाइफको नाफा, जीवन बीमा कोषका आकार ७ अर्ब



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको खुद नाफा दोहोरो अंकले बढेको छ ।कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ११.०६ प्रतिशत बढेर ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ पुगेको छ। गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले ४४ करोड ४५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ कायम भएको छ । गत आवको चैत मसान्तसम्ममा पनि कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ७.७८ प्रतिशत बढेर ३ अर्ब १७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यता, कुल खर्च पनि बढेर २ अर्ब ६८ करोड १० लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीले कुल ८५ करोड ३४ लाख रुपैयाँ दावी दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ४१ लाख र सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १४ करोड २५ लाख रुपैयाँ छ भने जीवन बीमा कोषका आकार पनि ६ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २० रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ११ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्