सिटिजन लाइफको लाभांश रद्द « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

सिटिजन लाइफको लाभांश रद्द



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश रद्द भएको छ । कम्पनीले सोमबार २६.९८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि सो लाभांश रद्द भएको हो । बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्