रिलायवल नेपाल लाइफको नाफा १९ प्रतिशत बढ्यो, २ अर्ब ७३ करोडको व्यापार « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

रिलायवल नेपाल लाइफको नाफा १९ प्रतिशत बढ्यो, २ अर्ब ७३ करोडको व्यापार



काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले बढेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १९.०९ प्रतिशत बढेर ३४ करोड २ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले २८ करोड ५७ लाख बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३.४२ प्रतिशत बढेर २ अर्ब ७३ करोड ५७ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी ४९.०४ प्रतिशत बढेर ९७ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको कुल आम्दानी भने ३ अर्ब ७४ करोड ७२ लाख ७७ हजार रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि ३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले कुल ९३ करोड ३९ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषमा १५ करोड ४६ लाख ३८ हजार रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषका आकार पनि ९ अर्ब २२ करोड ९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्