३८.७४ प्रतिशत बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, ३ अर्बको व्यापार गर्दा कस्ता छन् अन्य सूचकहरु ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

३८.७४ प्रतिशत बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, ३ अर्बको व्यापार गर्दा कस्ता छन् अन्य सूचकहरु ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पौने २७ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३८.७४ प्रतिशत बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १९ करोड ३८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधमिा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १६.१७ प्रतिशत बढेर २ अर्ब ९६ करोड ४० ल ाख १७ हजार रुपैयाँ कायम भएको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १ अर्ब ४६ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी ह्वात्तै बढाएको छ । कम्पनीको यस्तो आम्दानी १२४.७८ प्रतिशत बढेर ८४ करोड १७ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ छ भने कुल खर्च ३ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पीको दावी भुक्तानी पनि ७१.६५ प्रतिशत बढेर ९० करोड ९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषका आकारमा पनि २६.१७ प्रतिशत बढेर ९ अर्ब २३ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । यता, महाविपत्ति कोषमा भने ८ करोड ७६ लाख रुपैयँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्