लाभांश पारित गर्न नेपाल पुनर्बिमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

लाभांश पारित गर्न नेपाल पुनर्बिमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश पारित गर्नका लागि नेपाल पुनर्बिमा कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले ५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

सभामा गत आव २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरि पारित हुनेछन् । यसका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पारित हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्