शतप्रतिशत बढ्यो सानिमा रिलायन्सको व्यापार, नाफा पनि ९३ प्रतिशत बढ्यो « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

शतप्रतिशत बढ्यो सानिमा रिलायन्सको व्यापार, नाफा पनि ९३ प्रतिशत बढ्यो



काठमाडौं । सानिमा रिलायन्स लाइफको नाफा झन्डै दोब्बर बढेको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ९२.९४ प्रतिशत बढेर ३० करोड ४८ लाख रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थियो ।

कम्पनीको व्यापार पनि शतप्रति बढेको छ । ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ अर्ब १ करोड ४१ लाख ३३ हजार रुपैयाँ छ । जुन गत आवको सोही अवधिको तुलनामा ११७.०८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ८४ करोड ९१ लाख कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब २२ करोड ७१ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । यता, कम्पनीको कुल खर्च भने ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार पनि २४.१४ प्रतिशत बढेर १३ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।


कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा पुगेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४ रुपैयाँ ८८ पैसा बढी हो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्