साढे तीन गुणा बढ्यो प्रभु इन्स्योरेन्सको नाफा, यस्तो देखियो वित्तीय प्रगति « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

साढे तीन गुणा बढ्यो प्रभु इन्स्योरेन्सको नाफा, यस्तो देखियो वित्तीय प्रगति



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी नाफा झन्डै साढे तीन गुणा बढेको छ । ९ महिनामै कम्पनीले ३९ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३.३७ गुणा बढेर ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २१.५४ प्रतिशत बढेर ४६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कमिसन आम्दानी ११ करोड २७ लाख, लगानी तथा कर्जाबाट हुने आम्दानी ४८.३० प्रतिशत बढेर ११ करोड ६३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ९ करोड २९ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च भने २७.७३ प्रतिशत बढेर ५३ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । ९ महिनामा कम्पनीले कुल ३२ करोड ५७ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि २६ रुपैयाँ ६८ पैसा बढेर ३७ रुपैयाँ ९३ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ६७ पैसा छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । कम्पनीको बीमा कोषको आधार पनि १७ प्रतिशत बढेर १ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्