एलआइसी नेपालले पायो इक्राबाट ‘ए प्लस’ रेटिङ
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ए प्लस रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई नयाँ सो रेटिङ्ग प्रदान गरेको हो ।
यसले कम्पनीको वित्तीय स्थितिमा स्थिरता र थप विश्वसनीयता वृद्धिको संकेत गर्दछ । यसअघि कम्पनीको रटिङ स्तर ए मात्रै थियो । तर, त्यसमा सुधार भई कम्पनीलाई इक्राले नयाँ रेटिङ प्रदान गरेको हो ।