४० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद हकप्रक सेयर ल्याउने भएको छ । ४० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।