एनएलजी इन्स्योरेन्सको उन्नाइसौँ वार्षिक साधारण सभा, पुँजी पु¥याउन बोनस सेयर पारित    « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

एनएलजी इन्स्योरेन्सको उन्नाइसौँ वार्षिक साधारण सभा, पुँजी पु¥याउन बोनस सेयर पारित   



काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको उन्नाइसौँ वार्षिक साधारण सभा आज बिहीबार बालुवाटारमा सम्पन्न भयो । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०८१ साल आषाढ मसान्तको वासलात, आ.व. २०८०/८१ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ । 

कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आ.व. २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब पचास करोड २६ लाख ५७  हजार ९ सय ८२ रुपैयाँको २.५० प्रतिशतको दरले ६ करोड २५ लाख ६६ हजार ४ सय पचास रुपैयाँ बराबर बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

बोनस शेयरमा लाग्ने कर समायोजनार्थ नगद लाभांश ०.१३१५७९ प्रतिशत समेत पारित गर्न गरेको प्रस्ताव पारित भई जम्मा लाभांश २.६३१५७९ प्रतिशत पारित भयो । सोही सभाबाट कम्पनीको आ.व. २०८१/८२ को लागि श्री एस.सी. लाल एसोशिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भयो । 

कम्पनीको आ.व. २०८०/८१ को वित्तीय विवरणका मुख्य झलकहरू यस प्रकार छन् ः

कुल बीमा शुल्क आम्दानी रु. २ अर्ब ५८ करोड 

खुद आर्जित बीमा शुल्क आम्दानी रु. ६४ करोड ६ लाख

खुद नाफा रु. १४ करोड ७० लाख 

आ.व. २०८०/८१ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७९÷८० कोे तुलनामा ७.३६ प्रतिशतले वृद्धि भई, रु. २ अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ र यसका मुख्य पोर्टफोलियोहरु निरन्तर वृद्धिमा छन् ।

आ.व. २०८०÷८१ मा कम्पनीको कुल दाबी भुक्तानी तथा खुद दाबी भुक्तानी गत आ.व. २०७९/८० कोे तुलनामा क्रमशः २५.०१ प्रतिशत तथा २१.२२ प्रतिशतले न्यून भई, रु. १ अर्ब ६४ करोड तथा रु. ४२ करोड ८१ लाख भएको छ ।

कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाइमा गर्दै आइरहेको छ जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरू समेत समावेश गरिएको छ । बीमालाई बढी भन्दा बढी ग्राहकहरूसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिँदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्