सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम « Arthapath.com
१ असार २०८२, आईतबार

सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।

शनिबार (जेठ ३१ गते) कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो

काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरुको अनलाइन मार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्