बैंक मर्ज गरेर लगानी योग्य पुँजी बढ्ने होइन « Arthapath.com
२६ मंसिर २०७६, बिहीबार

बैंक मर्ज गरेर लगानी योग्य पुँजी बढ्ने होइन



जनक शर्मा पौडेल, सिईओ, सनराइज बैंक लि

स्वतफुर्त रुपमा मर्ज हुनु राम्रो हो तर फोर्स मर्जर गलत हो ।

नेपालको बैंकिङ क्षेत्रमा परिचित नाम हो जनक शर्मा पौडेल । विगत ५ महिनादेखी सनराइज बैंकको सिईओ रहेका पौडेल बजारको बारेमा अध्यायन गर्ने सिईओ हुन । बेलायतको बाग्लेज बैंकमा समेत काम गरेका पौडेल केही समय अघि ग्लोवल आईएमई बैंकको सिईओ रहेका थिए । नेपालमा र विदेशमा समेत गरी ३२ वर्ष बैंकिङमा विताएका उनि पछिल्लो समय बैंकहरु व्यापक साखा विस्तारमा लागेका छन । यसै क्रममा सनराइज बैंकले देशव्यापी आफ्नो साखा विस्तारको तयारी गरेको छ । सनराइज बैंक । अहिलेको बैंकिङ बजारको सन्र्दभमो गरिएको कुराकानीको सारसंक्षेप ः–

सनराइज बैंकको वित्तिय अवस्था कस्तो छ ?
सनराइज बैंकको वित्तिय अवस्था राम्रो छ । आजको दिनमा ८५ अर्वको डिपोजिट, ७५ अर्व कर्जा प्रवाह गर्न सफल भएका छौं । भर्खरै मात्र बैंकले ३ अर्वको डिभेञ्चर निस्कासन गरेर सफल रुपमा विक्री पनि गरिसकेका छौं ।

तपाई सिईओ भएर यस बैंकको नेतृत्व लिनुभएको ५ महिना भयो । के के सुधार गर्नुभयो ?
दैनिक गरिने सुधारहरु त प्रसस्त छन । बैंकको वेष्ट गर्भनेन्स र कर्पोरेट कल्चर राम्रो भएको बैंक हो । अहिले मेरो फोकस बैंकको विजनेशको लागी साखा सञ्जाल विस्तार गर्नेतिर लागेको छु । बैंक अहिले रिटेल एसएमईमा फोकस भएको हिसावले साखा सञ्जाल हुनुपर्छ । ग्राहाकहरुलाई दिनानुदिन सेवा चाहिरकेका छन । सवैसाधारणले सनराइज बैंकलाई विश्वार गरेकाले विभिन्न शहरमा साखाको डिमाण्ड धेरै छ । त्यै भएर हामीले यो आवमा २५ ओटा साखा विस्तारको निती लिएका छौं । जसमा ५/६ ओटा खोलिसक्यौं । साखारहित बैंकिङ सेवा पनि सय पु¥याउने भन्ने हिसावले लागेका छौं ।

डिजिटल बैंकिङमा जाने निती सँगै तिब्र साखा विस्तार गर्दा भोली समस्या आउँदैन ?
पुलफ्जेटमा डिजिटल आप पव्लिकमा पुग्न केही समय त लागिहाल्छ । डिजिटल बैंकिङमा हामी बामे सर्दै छौं । अहिले त्यसको स्पिड बढ्दो छ । अहिले बहुमत कष्टमर म्यानुअल्ली ट्रान्जेक्सनमै रमाइरहेका छन भने युवाहरु मोवाइल एपबाटै सबै सुविधा उपयोग गरिरहेका छन । आजको दिनमा अझै २५ जिल्लामा फाइवरको सुविधा छैन । डिजिटल सर्भिस देशभरी कसरी हुन्छ । हामी हाम्रा ग्राहाकहरुलाई डिजिटल्ली सेवा दिने हिसावले अगाडी बढेका छौं ।

सनराइज बैंकले कति साखा विस्तार गर्ने लक्ष्य राखेको छ ?
साखा यति पु¥याउनुपर्छ भन्ने हिसावले म होडवाजीमा लाग्दिन । साखाको नंबरले विजनेशमा केही तात्विक अर्थ राख्छ जस्तो लाग्दैन । एउटा कल्चर र भ्याजुबेस बैंकिङ गर्नुपर्छ । बैंकिङ आफैमा संवेदनशिल उद्योग हो । पव्लिकको डिपोजिट चलाएर विजनेश गर्नुपर्ने भएकाले बैंकिङ च्यालेन्ज क्षेत्र हो ।

आगामी आइतबार रसुवा र सोमबार नुवाकोटको साखा विस्तारको प्लान बनाउनुभएको छ । नुवाकोट रसुवामा कस्ता व्यापारको संभावना देख्नुभएको छ ?
काठमाडौंबाट नजिक रहेर पनि नुवाकोट रसुवामा हाम्रो बैंकको साखा थिएन । रसुवा नुवाकोटका यस बैंकलाई माया गर्ने ग्राहाकहरुले पनि यस क्षेत्रमा सनराइज बैंक आइदिन गरेको आग्रहको आधारमा रसुवाको टिमुरे र नुवाकोटको बट्टारमा साखा विस्तारको अन्तिम तयारीमा छौं । हामी अर्को साताको पहिलो हप्तानै हामीले त्यहाँका साखा सञ्चालनको तयारी गरेका छौं । नेपालको चिनसँगको कनेक्टीभिटीको हिसावले केरुङ मुख्या नाका हुने संभावना छ । केरुङ हुँदै रेल मार्ग बन्ने कुरा पनि चलेको छ । नुवाकोट रसुवा व्यापारिक हिसावले केन्द्र बन्दै छ । त्यहाका ग्राहाकले सनराइज बैंकको अत्यधुनिक सेवा सहजै पाउनेछन ।

कस्तो संभावना छ रसुवा नुवाकोटमा बैंकको लगानीको लागी ?
हाम्रा साखाहरु पुर्ण सेवायुक्त साखा हुनेछन । बट्टार त आफैमा व्यापारिक केन्द्र भैहाल्यो त्यसको अलावा नुवाकोट हुँदै रसुवाको लाङटाङ जाने विदेशी पर्यटकहरु प्रसस्तै हुन्छन । पर्यटकीय हिसावले महत्वपुर्ण मानियको रसुवा क्षेत्रमा विदेशी मुद्राको कारोवारको सिवावले पनि राम्रो छ । रसुवामा जडिबुटीको पनि प्रसस्त संभावना भएकाले व्यापारिक सिवावले पनि यी क्षेत्र महत्वपुर्ण मानिन्छ । रसुवा नुवाकोटले चिनसँग व्यापारिक हिसावले धेरै लाभ लिन सक्छ । यस क्षेत्रमा सनराइज बैंकको पनि कनेक्टीभिटी बढाउन साखा विस्तार गरेका हौं ।

बैंकहरुमा लगानी योग्य पुँजीको अभावमा कर्जा रोकेका छन भनिन्छ नि ?
कर्जा रोकिएको छैन तर अत्यधिक मागलाई पुर्ण पुर्ती गर्न सकेको अवस्था छैन । बैंकहरुको पुँजीकृत भए त्यसको आधारमा डिपोजिट बढ्न सकेन । आजको दिनमा क्रेडिट डिमाण्ड बढ्दो छ । राम्रो प्रोजेक्टको लागी बैंकहरुले लगानी गरिरहेका नै छन । आजको दिनमा बैंकहरुसँग १०÷१२ खर्वको क्रेडिक क्रियसन गर्न सक्ने क्षमता बैंकहरुसंग छ । त्यसलाई परिपुर्ती गर्नको लागी डिपोजिटको स्रोत हामीसँग प्रयाप्त छैन ।

पहिलो तैमासमा बैंकहरुको नाफा घटेको देखियो नि ?
अघिल्लो आवमा क्रेडिक क्रञ्चले बैंकहरुलाई टाइट गर्दै लग्यो । गत वर्ष आधा आधीमै बैंकहरुले लगानी गर्न सक्ने अवस्था बैंकहरुमा थिएन । साना तिन बाहेक ठुला कर्जा प्रवाह गर्न सकेनन् ।

नेपालमा बैंकको संख्या धेरै भयो भनेर राष्ट्र बैंकले मर्जर पोलिसि पनि ल्यायो । के बैंकको संख्या धेरै भएकाले अस्वस्थ्य प्रतिस्प्रर्धा बढेको हो ?
नेपालको जनसंख्या र अर्थतन्त्रको साइजलाई हेर्ने हो भने बैंकको संख्या बढी नै हो । फुल स्केलको थोरै बैंक भए पनि पुग्छ । संख्या यती नै भनेर किटान गर्न सकिँदैन । बेलायतमा हाम्रो भन्दा ठुलो अर्थतन्त्र छ त्यहाँ ४ ओटामात्रै बैंक छ । त्यहाँ एउटा बैंकको लाख साखा पुगेका छन । यो त लाइसेन्स दिने बेलामा नै सोच्नुपर्ने कुरा हो । बैंक मर्ज गरेर लगानी योग्य पुँजी बढ्ने होइन । स्वतफुर्त रुपमा मर्ज हुनु राम्रो हो । फोर्स मर्जर गर्न लगाउनु गलत हो ।

सनराइज बैंक मर्जरमा जान्छ ?
सनराइज बैंकले मर्जरमा जाने कुनै सोच राखेको छैन । मर्जरको लागी उपयुक्त ग्रुप हाम्रो सोचाइ भिजन मिल्ने पार्टनर भयो भने मर्ज हुनै सक्दैन भन्ने छैन । मर्जर हुनुपर्ने हो भने बैंकको पुँजी २ अर्वबाट ८ अर्व पु¥याउने बेलामै सोच्नुपथ्र्र्यो । त्यस्तो हुँदा बैंकको संख्या आफै घट्थ्र्यो ।

अव सनराइज बैंकलाई कहाँ पु¥याउने प्लान छ ?
मेरो कार्यकालमा सनराइज बैंकलाई टपटेन बैंकमा ल्याउँछौं । सूचनाको पहुँचको आधारमा पहिलो बैंक हो । विभिन्न प्यारामिटरर्सलाई हेर्दा सनराइज बैंक माथी छ । मुख्य कुरा कष्टमरको विश्वास जित्ने हो ।


प्रतिक्रिया दिनुहोस्