सिटिजन्स बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’सञ्चालन « Arthapath.com
२२ माघ २०७६, बुधबार

सिटिजन्स बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’सञ्चालन



काठमाडौं । सर्वसाधारणलाई स्तरीय वित्तिय सेवा दिदैं आएको सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधि मैत्री व्यक्तिहरूलाई लक्षितगरी ‘सिटिजन्स स्मार्ट बचत खाता’ को सुरु गरेको छ ।
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खाता खोल्न सकिने छ । यस खाता अन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रि डि प्रविधिमा डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।
यस योजनामा डेबिट कार्ड,ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५०% छुट पाउनेछन् । यस खाताबाहकले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । योखाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्टभने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधाउपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरीद गर्दा २०% सम्मक्यास ब्याक(नगदफिर्ता) हुने योजनासञ्चालनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्