अल्लोको मास्क बजारमा, दैनिक ८ हजारदेखि १० हजारसम्म उत्पादन गर्ने « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

अल्लोको मास्क बजारमा, दैनिक ८ हजारदेखि १० हजारसम्म उत्पादन गर्ने



काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै दाङ जिल्लामा पनि मेडिकेटेड मास्कको अभाव भएपछि विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क निर्माणको अभियानमा लागेका छन । लमहीमा साधारण सुती कपडाको माक्स निर्माणको काम थालिएसँगै घोराहीमा अल्लोको माक्स बनाउन थालिएको छ । उत्पादकले यो माक्सलाई सेनिटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुन सक्ने उनीहरूको भनाइ छ । उत्पादनको चरणमा प्रतिमास्कको मूल्य ८० रुपैयाँ निर्धारण गरिएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमा समेत ल्याइएको छ । जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीय स्तरमा समेत मास्क उत्पादन थालिएको हो ।

यसले स्थानीय स्तरमा मास्कको अभाव नहुने मास्क उत्पादनहरूले बताएका छन । यसअघि बजारमा अधिक्तम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको मूल्य अधिक्तम मूल्य १० रुपैयाँ मात्र थियो । बजारमा अभाव चुलिएसँगै मास्कको मूल्य प्रतिपिस २५ रुपैयाँसम्म पुगेको थियो । यद्यपि अहिले चाइनिज मास्क बजारमा पाउनै छाडेको छ ।

बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाहरूले स्थानीय स्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् । त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण सुरु भै बजारमा समेत आइसकेको छ ।

चिकित्सकहरूले सेनिटाइजर छर्केर तथा दैनिक रूपमा सफा गरेको अवस्थामा यो मास्क एक महिनासम्म पनि प्रयोग गर्न सकिने सल्लाह दिएका छन । पछिल्लो समयमा विद्यालयका विद्यार्थीहरूदेखि कार्यालयहरूमा कामकाजी कर्मचारी र व्यवसायमा व्यस्त नागरिकहरूले पनि मास्क लगाउने प्रवृत्ति बढेको छ । कोरोना भाइरसको संक्रमणबाट बञ्चनका लागि भन्दै बालबालिका युवा, वृद्ध–वृद्धाहरू सबैले मास्कको प्रयोग गर्ने थालेका छन् । जसले मास्कको माग बढी रहेको व्यवसायीहरूले बताउँछन् । यसअघि चाइनाबाट आउने मास्क चाइनाले निर्यात गर्न बन्द गरेपछि नेपालभरिनै मास्कको अभाव भएको हो । कच्चा पदार्थ निर्यातमा समेत चाइनाले प्रतिवन्ध लगाइसकेको मास्क आयातकर्ता कम्पनीहरूले बताएका छन् । त्यसैगरेर जिल्लामा रहेका नागरिकहरूले आफ्ना आफन्तहरूलाई बाहिर समेत पठाउने गरेका छन । अहिले मेडिकलहरूमा समेत मास्क पाइन छाडेको छ ।

केही दिन अघिबाट स्थानीय उत्पादन रहेको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा ल्याइएको छ । चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको हो । “हामीले केही दिन अघिदेखि अल्लोको मास्क बजारमा ल्याएका छौं,” समूहका अध्यक्ष प्रेमकुमारी पुनले भनिन् । यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन सुरु गरेको उनको भनाइ छ । यसलाई उनीहरूले व्यावसायिकतामा समेत जोडेका छन् । लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उनीहरूले बताएका छन ।

अहिले अल्लोबाट उत्पादन गरेको मास्क प्रतिपिस फुटकरमा ८० रुपैयाँ पर्ने अध्यक्ष पुनले बताइन । थोकमा धेरै लैजादा ६० रुपैयाँ पर्ने उनको भनाइ छ । नाफाभन्दा पनि सेवा गर्ने उद्देश्यले मास्कको उत्पादन थालेको समूहले बताएको छ । “अल्लोको कपडाबाट निर्माण गरिने भएकाले लाग्त बढी रहेको छ,” अध्यक्ष पुनले भनिन । मास्क उत्पादनका लागि करिब २ सय रुपैयाँ लाग्ने गरेको समेत उनले बताइन । बजारको मागअनुसार मास्क उत्पादन गरिने उनको भनाइ छ । सुरुका दिनमा केही मात्रामा उत्पादन गरिएको छ । “हामीले दैनिक ८ हजारदेखि १० हजारसम्म मास्क उत्पादन गर्ने लक्ष्य लिएका छौं,” अध्यक्ष पुनले भनिन् । अल्लोबाट उत्पादन गरिएको मास्क धोएरसमेत प्रयोग गर्ने सकिने भएको छ । अन्य मास्क धोएर पुनः प्रयोग गर्ने नमिल्ने अध्यक्ष पुनको भनाइ छ । अल्लोबाट निर्माण भएकाले यो मास्क अर्गानिक वस्तु भएकाले स्वस्थ रहेको समेत उनको दाबी छ । पुनले विगत १८ वर्षदेखि अल्लोसम्बन्धी उद्योग सञ्चालन गर्दै आएकी छिन । उनले अल्लोको जुत्ता, झोला, पर्स, कोटलगायतका सामग्री निर्माण गर्दै आएको बताइन । कारोबारबाट


प्रतिक्रिया दिनुहोस्