दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिदैँ, समस्या छैन « Arthapath.com
२ चैत्र २०७६, आईतवार

दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिदैँ, समस्या छैन



काठमाडौं । कोरोना भाईरसको संक्रमणलाई अन्तराष्ट्रिय रुपमा महामारी घोषणा गरिएको छ । कोरोनको नेपाल भित्रीन नदिनको लागि नाकामा कडाई गरेको छ । जसको कारण नेपाल आयात हुने बस्तुहरुमा परेको छ । कोरोनाको त्रास देखाएर कालोबजारी बढिरहेकाले नेपाल आयल निगमले प्रतिदिन मागभन्दा बढि ग्यास आपूर्ति गरिरहेको छ ।

नेपाली बजारमा खपत हुने दैनिक मागभन्दा बढि ग्यास आपूर्ति गरिरहेको निगमले दावी गरेको छ । निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले बजारमा ग्यास अभाव नहुने बताएको छ ।

कोरोनको कारणले गर्दा डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका छन । तर निगमले बजारमा कुनैपनि किसिमको अभाव नरहेको बतायो ।

नेपाल आयल निगमका अनुसार आइतवार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास अर्थात १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो । जसमा काठमाडौंका लागि ३८ वटा बुलेट रहेका छन ।

यो भन्दा गआडी २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्