अनावश्यक ग्यास संचय गर्नाले बजार असन्तुलन भयो « Arthapath.com
३ चैत्र २०७६, सोमबार

अनावश्यक ग्यास संचय गर्नाले बजार असन्तुलन भयो



काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नभएको जनाएको छ । नेपाली बजारमा जति माग रहेको छ त्यो भन्दा बढि आपूर्ति भईरहेको संघले जानकारी दिएको हो ।

विश्वभर कोरोना भाईरसको असर नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरू त्रसित हुन गई ग्यास अभाव हुन डरले सबै सिलिण्डरहरूमा ग्यास भर्न विक्रेताकोमा आएकोले एक्कासी ग्यासका माग बढ्न गई विक्री वितरणमा समस्या आएको संघले जारी गरेको प्रेस विज्ञप्तस्मा उल्लेख गरिएको छ ।

संघले जारी गरेको विज्ञप्तीमा एलपि ग्यास जस्तो अत्यधिक प्रज्वलनशिल पदार्थलाई आवश्यकता भन्दा बढी संचय नगर्न सम्पूर्ण उपभोक्ताहरूमा
अनुरोध गर्दछौं । साथै ग्यास विक्री वितरणको क्रममा उपभोक्तासंग घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर ग्यास सहितको सिलिण्डर विक्री वितरण नगर्न नगराउन सम्पूर्ण एल.पि. ग्यास उद्योगी तथा विक्रेताहरूलाई समेत जानकारी गराईएको छ ।


प्रतिक्रिया दिनुहोस्